कञ्चनपुर । तीन वर्षअघि राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालिन माओवादी केन्द्र प्रवेश गरेका युवा नेता भुपेन्द्र भण्डारी मूल घरमै फर्किनुभएको छ । कञ्चनपुरमो बेदकोट नगरपालिकाका भण्डारी गत स्थानीय निर्वाचन अघि माओवादी प्रवेश गर्नुभएको थियो ।
Advertisement
अनेरास्ववियू(छैठौं) का पूर्व केन्द्रीय सदस्य भण्डारी तत्कालिन माओवादी र हालको नेकपामा विभिन्न जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । तर, नेकपा (मसाल) जस्तो अनुशासित र विचारमा स्पष्ट क्रान्तिकारी पार्टी अरु कुनै नरहेको ठहर गर्दै आफू पुनः मूल घरमै फर्केको भण्डारीले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला अध्यक्ष राम बहादुर कार्कीले भण्डारीलाई स्वागत गर्नुभएको थियो । उहाँलाई पार्टीमा उचित जिम्मेवारी दिइने अध्यक्ष कार्कीले बताउनुभएको छ ।