• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भदौ २२ गते एमसिसी विरुद्ध देशैभर राजमोको प्रदर्शन, कस्तो छ तयारी ?


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसिसी विरुद्ध यही भदौ २२ गते देशैभर प्रदर्शन गर्दैछ । सरकारले संसदबाट एमसीसी पास गर्ने योजना बनाएपछि राजमोले त्यस विरुद्ध प्रदर्शन गर्न लागेको हो ।

    राजमोले एमसिसी विरुद्ध देशभर प्रदर्शन गर्न लागेको हो । कतिपय जिल्लामा हुने कार्यक्रमबारे केन्द्रीय कार्यालयलाई जानकारी प्राप्त भएको र अन्य जिल्लामा कार्यक्रमको रुपरेखा तयार भइरहेको राजमोले जनाएको छ । आज साँझसम्म सबै स्थानमा हुने कार्यक्रमबारे जानकारी प्राप्त हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

    काठमाडौंमा दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ । कार्यक्रमलाई नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापालगायत नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

    यस्तै, बागलुङका सबै स्थानीय तहमा कार्यक्रम गरिने राजमो गण्डकी प्रदेशका उपाध्यक्ष धर्म कुँवरले जानकारी दिनुभएको छ । बागलुङ बजारमा हुने कार्यक्रमलाई अध्यक्ष अमर थापा र उपाध्यक्ष कुँवरले सम्बोधन गर्ने कार्यक्रम छ । यता, प्युठानको खलंगामा हुने प्रदर्शनलाई राजमो नेताहरू बोमबहादुर खत्री, कृष्ण खड्का, जिल्ला समन्वय समितिका अध्यक्ष केशव आचार्यलगायत नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

    सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम आयोजना गरिँदै छ । धनगढीस्थित पार्कमोडमा दिउँसो २ बजे आयोजना हुने विरोध प्रदर्शनलाई राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल, सचिव जगत जोशी, जनजाती नेता खडक रानाथारु, विद्यार्थी नेता डबल बोगटी लगायत नेताहरूले सम्बोधन गर्ने राजमो केन्द्रीय सदस्य नन्दराज भट्टले जानकारी दिनुभयो । यता कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा प्रदर्शन गर्न लागिएको राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

    यसैगरी सुर्खेतमा हुने हुने प्रदर्शनलाई राजमो उपाध्यक्ष जनकराज शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । दाङको घोराहीस्थित सहिदगेटमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

    पूर्वी नेपालमा आयोजना हुने विरोध प्रदर्शनका क्रममा बारामा राजमो केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, पर्सामा नेत्र पौडेल, रौतहटमा जिल्ला अध्यक्ष हरिकिशोर महतो, सिरहामा काजिलाल वाइवा, सर्लाही नवराज पौडेल, सुनसरीमा अमृत पाण्डे र योगेन्द्र ढकाल, उदयपुरमा लिलकुमार राई, संशुवासभामा हेमकुमार गुरुङ र लिलाबहादुर खत्री, लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    यता, कपिलवस्तुको तौलिहवामा आयोजित सभामा राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेललले सम्बोधन गर्नुहुने छ भने विजयनगरमा आयोजना हुने सभामा मजदुर नेता केरसिंह अदैले सम्बोधन गर्ने कार्यक्रम छ ।

    यस्तै, पोखराको पृथ्वीचोकमा आयोजना हुने सभालाई राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुहुने छ ।

    रुपन्देहीमा संयुक्त सभा
    यस्तै, रुपन्देहीमा नेकपा (मसाल) सहित विभिन्न राजनीतिक दलहरूले एमसिसी विरुद्ध संयुक्त सभाको आयोजना गर्दैछन् । दिउँसो २ बजे ट्राफिकचोकमा आयोजना हुने सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    भदौ २१ गते राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री, देशभक्त जनगणतान्त्रिक मोर्चाका विनोद मरासिनी, नेपाल कम्युनिस्ट पार्टीका खोमा तरामु मगर, नेकपा (माले) का रघुनाथ अर्याल, वैज्ञानिकक समाजवादी कम्युनिस्ट पार्टीका डोलराज विश्वकर्मा, विवेकशील साझा पार्टीका केशवराज खनाल, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्की र राष्ट्रिय जागरण परिषद्का चित्रबहादुर थापाले हस्ताक्षर गरी उक्त कार्यक्रमलाई सफल पार्न आग्रह गरेका छन् ।

    एमसीसीविरुद्ध २२ भदौको कार्यक्रम सफल पार्न अध्यक्ष केसीको अपिल

    एमसीसीविरुद्ध ऐक्यवद्धता जनाउन भदौ २२ गते भारतब्यापी प्रदर्शन

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.