• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसीसीविरुद्ध २२ भदौको कार्यक्रम सफल पार्न अध्यक्ष केसीको अपिल


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यही भदौ २२ गते एमसीसीविरुद्ध आयोजना गरिएको आन्दोलनको कार्यक्रम सफल पार्न अपिल गर्नुभएको छ ।

    Advertisement

    आइतबार वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले भदौ २२ गते एमसीसी विरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम गर्ने जानकारी दिँदै कार्यक्रम सफल पार्न अपिल गर्नुभएको हो ।

    उक्त दिन कम्तिमा जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठि आदि कुनै पनि प्रकारको विरोधको कार्यक्रम गर्ने राजमोले जनाएको छ ।

    ‘लामो समयसम्म हिंसात्मक संघर्ष, राष्ट्रिय विखण्डनको षड्यन्त्र र अस्थिर राजनीतिबाट मर्माहत भएको स्थितिमा एमसीसीलाई अनुमोदन गर्नासाथ परिस्थिति झन खराब हुनेछ’ केसीले प्रेशित गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ प्रेस वक्तव्य :
    ‘आगामी भाद्र २२ गते एमसिसी विरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपील !
    गठबन्धनको सरकारले जारी गरेको न्यूनतम कार्यक्रममा एमसिसी समावेश भएको छैन । एमसिसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिन यता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरु बीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिए अमेरिकाका उपाध्यक्ष चाडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारीत गराउन दिएको दबाब र चर्चाले एमसिसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ ।

    अब यो आम रुपमा स्वीकार भइसकेको छ कि एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितको विरुद्ध छ । त्यसको साथै एमसिसी इन्डोप्यासिफिक रणनीतिको अंग हो । त्यो कुरा अमेरिकाका उच्च अधिकारीले स्वीकार गरिसकेका छन् । ओली सरकारको पालामा त्यो सरकारले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले समेत उक्त सम्झौता यथास्थितिमा पारित गर्न नहुने प्रतिवेदन दिएको छ । वास्तवमा एमसिसी हिन्द प्रशान्त क्षेत्रका देशहरुमा चीन विरोधी मोर्चा बनाउने षड्यन्त्र हो । यदि हामी त्यसमा सामेल भयौँ भने हाम्रो असंलग्न परराष्ट्र नीति समाप्त हुन्छ । त्यो स्थितिमा नेपालले साम्राज्यवादीहरुको युद्ध, अन्तर्राष्ट्रिय राजनीतिको अनावश्यक तनाव बढ्ने र देशभित्र राजनीतिक दल, सरकार र जनता बीच असमझदारी बढ्छ । लामो समयसम्म हिंसात्मक संघर्ष, राष्ट्रिय विखण्डनको षड्यन्त्र र अस्थिर राजनीतिबाट मर्माहत भएको स्थितिमा एमसिसीलाई अनुमोदन गर्ना साथ परिस्थिति झन खराब हुनेछ ।

    अहिले २२ राजनीतिक दल तथा संगठन, पत्रकार जगत, नागरिक समाजबाट समेत यसको व्यापक विरोध र संघर्ष हुँदै आएको छ । राष्ट्रिय जनमोर्चाले एमसिएका उपाध्यक्षको आगमन, नेपाललाई एमसिसी पारित गर्न दिएको दबावका विरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न यही भाद्र २२ गते सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । उक्त दिन कम्तिमा जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठि आदि कुनै पनि प्रकारको विरोधको कार्यक्रम गर्नु पर्दछ । उक्त कार्यक्रमहरुलाई सफल पार्न पार्टीका सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय संगठन तथा जनसमुदायहरुसँग हार्दिक अपील गर्दछौँ । यसको साथै एमसिसीको विरोधमा सबै संगठन, जनतप्का तथा राजनीतिक दलहरुको संघर्षप्रति हाम्रो समर्थन रहने कुरा जानकारी गराउँछौँ ।’

    २०७८ भदौ २० गते
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    यो पनि….

    एमसीसीविरुद्ध भदौ २२ गते देशब्यापी प्रदर्शन

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.