• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

मदिराले कलेजोमा पर्ने प्रभाव, उपचार र व्यबस्थापन


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ । कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । मदिराको मेटाबोलिज्म पनि यसैमा हुने गर्छ । अत्यधिक मात्रामा मदिरा सेवनले एसिटलडिहाइड जम्मा भएर कलेजोका कोषिकामा क्षति पुगेर अल्कोहोलिक लिभर डिजिज हुने गर्छ । नेपालमा कलेजो रोगको एक प्रमुख कारक मदिराको सेवन हो । कलेजोको रोग भएर अस्पताल पुगेको ६० प्रतिशत वयस्कले मदिरा सेवन गरेको देखिन्छ । एउटा अध्ययनले केसम्म देखाएको छ भने विकसित देशमा मदिराको प्रयोग र यसबाट हुने रोग घट्दो क्रममा छ भने विकासोन्मुख देशमा बढ्ने क्रममा । महिलामा मदिराको असर पुरुषमा भन्दा अझ गम्भीर हुने गर्छ । थोरै मात्राले पनि महिलामा छोटो समयमै मदिराका असर देखिन्छन् ।

    Advertisement

    मदिराबाट हुने कलेजो रोग
    मदिराको सेवनबाट सुरुमा कलेजोको कोषमा चिल्लो जम्मा हुन थाल्छ । त्यसपछि अल्कोहोलिक हेपाटाइटिस, सिरोसिस र अन्त्यमा कलेजोको क्यान्सर हुने गर्छ ।

    १. अल्कोहलले गर्दा हुने चिल्लो कलेजो

    कलेजोको कोषिकामा बोसो दुई प्रकारले जम्मा हुने गर्छ– माइक्रोभास्कुलर स्टेटोसिस र म्याक्रो भास्कुलर स्टेटोसिस । यो समस्यामा कलेजोको एकदमै न्यून मात्रामा सुजन भएर आकारमा वृद्धि हुन्छ र बिरामीमा प्रायः कुनै लक्षण देखिँदैन । कलेजोमा रहेका इन्जाइमहरु अलिकति मात्रामा बढेका हुन सक्छन् । तर, बिलिरुबिन, प्रोथ्रोम्विन टाइम र एल्बुमिनको मात्रा सामान्य नै हुन्छ । मदिरा सेवन छोडेन भने अल्कोहोलिक हेपाटाइटिस र सिरोसिसमा परिणत हुने सम्भावना धेरै हुन्छ ।

    २. मदिराबाट हुने अल्कोहोलिक हेपाटाइटिस

    मदिराका कारण कलेजोको कोषहरु क्षय हुन्छन् । जन्डिस (कमलपित्त), ज्वरो आउने, वान्ता हुने, अस्वाभाविक रुपमा तौल घट्ने, कलेजोको आकार बढ्ने तथा छुँदा दुख्ने र कुपोषण हुनेजस्ता लक्षण देखा पर्छन् । साथै रगतमा एएलटी, एएसटी, जिजिटी र डब्लुबिसी काउन्ट बढ्ने हुन्छ एएसटीको मात्रा एएलटीभन्दा दुई गुणा बढी हुन्छ । प्रोथ्रोम्बिन टाइम बढी भएको र जन्डिस गाढा भएको बिरामीको उपचार सहज हुँदैन । तर, कहिलेकाहीँ अल्कोहोलिक हेपाटाइटिसमा कुनै लक्षण नदेखिन पनि सक्छन् । रगतमा जिजिटीको मात्रा बढ्दा पनि मदिराले कलेजोको क्षति गरेको बुझ्नुपर्ने हुन्छ ।

    ३. अल्कोहोलिक सिरोसिस

    धेरै लामो समयसम्म मदिराको सेवनबाट कलेजोका कोषहरुको क्षति भई उक्त ठाउँमा खत बन्ने तथा कलेजोमा स–साना गिर्खा पैदा हुन्छन् । कलेजोको आकार पनि अनियमित भई भद्दा र खुम्चिने गर्छन् । आठ वर्षसम्म दैनिक १ सय ६० ग्राम मदिरा पिउनेमा सिरोसिस भएको पाइएको छ । कलेजोभित्रको रगतको प्रवाहमा अवरोध भएर कलेजोभित्र जाने रगतको चाप बढेर जान्छ, जसलाई पोर्टल हाइपर टेन्सन भनिन्छ । पोर्टल हाइपर टेन्सन भएको बिरामीमा स्पेलिनको साइज बढ्ने हुन्छ । खाने नलीको तल्लो भागको भित्री धमनीहरु फुटेर आउँछन् । यसलाई ओसो फ्यागेल भ्यारिसेस भनिन्छ । यिनीहरु फुट्न गएमा आन्द्रामा रक्तस्राव भई रक्तवमन वा कालो दिंसा हुने गर्छ । सिरोसिसमा देखिने अन्य चिह्नमा कमलपित्त, पेटमा पानी भरिने, खुट्टा सुन्निने, छालामा नीलडाम आउने, टेस्टेस सुक्ने, यौनेच्छामा कमी आउने हुन्छ । लोग्ने मानिसमा स्तन बढ्ने हुन्छ । पछि गएर बिरामीको मस्तिष्कमा पनि असर देखिन सक्छ, जसलाई हेपाटिक इन्सेफालोप्याथी भनिन्छ ।

    ४. कलेजोको क्यान्सर

    लामो समयसम्म सिरोसिस भएको बिरामीमा कलेजोको क्यान्सर हुन सक्छ । क्यान्सर सुरु भएपछि बिरामीको अवस्था एकाएक बिग्रिन्छ । तर, कुनै अवस्थामा क्यान्सरको लक्षण नदेखिन पनि सक्छ । अल्ट्रासाउन्डबाट र रगतको परीक्षण पनि सिरोसिसका बिरामीमा क्यान्सर भएको यकिन गर्न सकिन्छ । सिरोसिस भएका बिरामीमा हेपाटाइटिस बी र सी पनि छ भने कलेजोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

    मदिराबाट हुने कलेजोको रोगको शृंखला

    बढी मात्राका जाँडरक्सीको प्रयोग बोसोयुक्त कलेजो अल्कोहोलिक हेपाटाइटिस सिरोसिस क्यान्सर
    निको हुने रनिको नहुने

    उपचार र व्यवस्थापन

    प्रमुख उपचार मदिरा छोड्नु नै हो । यो नै उपचारको मुख्य आधार पनि हो । व्यवस्थापनको क्रममा निम्न कुरालाई विशेष ध्यान दिनु आवश्यक छः

    १. मदिरा छोड्नका लागि प्रेरित गर्ने ।
    २. पोषणयुक्त खानेकुरा खानका लागि प्रोत्साहित गर्ने ।
    ३. रोगको जटिलता आउन नदिने र जटिलता आएमा तुरुन्त उपचार गर्ने ।
    ४. कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने ।

    पोषक तत्वको उचित प्रयोग एवं खानपानबाट पनि यसको व्यवस्थापन गर्न सकिन्छ । लामो समयसम्म मदिरा सेवन गर्ने व्यक्तिहरुमा भोक नलाग्ने समस्या हुन्छ र यिनीहरु कुपोषणको सिकार हुन सक्छन् । प्रत्येक व्यक्तिलाई उनीहरुलाई प्रशस्त पोषक तत्व खुवाउनुपर्छ । जसले गर्दा शरीरमा सन्तुलित पौष्टिक तत्वको मात्रा पुग्न गई मांसपेशीको क्षतिलाई नियन्त्रण गर्न सकिन्छ । परापूर्वकालदेखि नै चल्दै आइरहेको आयुर्वेद उपचार पद्धति अल्कोहलिक लिभर डिजिजमा ज्यादै प्रभावकारी भएको पाइन्छ । चिराइतो, भुइँ अमला, पुननर्वा, कुट्की, गुडुची आदि जडीबुटीले कलेजोको कोषलाई रक्षा गर्छन् । चिकित्सकको सल्लाहबिना जथाभावी औषधि प्रयोग गर्नु अहितकर हुन सक्छ । तसर्थ बिरामीहरुले चिकित्सकको सल्लाहबमोजिम नै औषधि प्रयोग गर्नु राम्रो हुन्छ ।

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.