• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

यी भारतीय, जसले नक्कली नेपाली नागरिकता बनाएर करोडौं ठगी गरे


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । एक भारतीय नागरिकले नक्कली नेपाली नागरिकता बनाएर करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ । भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका रवि कुमार सिंहले नक्कली नेपाली नागरिकता बनाएर दर्जनौं नेपालीलाई ठगी गरेका हुन्।

    Advertisement

    उनको नागरिकता प्रमाणपत्रमा उल्लेख जिल्ला कैलाली टिकापुर नगरपालिका वडा न. ९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गाविस वडा नं. ७ उल्लेख भएको प्रतिलिपी प्रहरीले फेला पारेको छ ।

    सिंहलाई प्रहरीको अपराध महाशाखाले ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो। उनीविरुद्ध विभिन्न घटनामा करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

    यस्तो छ उनको ठगी धन्दा
    १) प्रहरीका अनुसार उनले बुटवलका हरी मल्ल र महेन्द्र कुमार श्रेष्ठलाई बुटवल–नाराणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको सब कन्ट्रयाक्छ छ भनि ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङकर्पोरेसन लिमिटेड (सीएससीईसी) को कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र रवि कुमार सिंहको साझेदारी हो भनी आफूसँग लगानी गरेमा मुनाफाको ४० प्रतिशत दिउँला भनी ४३ लाख ७३ हजार रुपैँया लिई खातामा पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेका छन्।

    २) यस्तै, रुपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बस्ने अनिल गुरुङ भन्ने कृष्ण बहादुर गुरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी उनको बा १२ च ३८५९ नं. को स्विफ्ट डिजाइर कार मासिक रु. ९० हजार भाडा दिने भनी २०७६ वैशाखमा लगी सम्पर्क विहिन भएका थिए। सो कार भक्तपुरका प्रदिप रायलाई नक्कली ब्लुबुक देखाई बिक्री गरेर ८ लाख ३५ रुपैयाँ ठगी गरेका थिए।

    ३) यसैगरी चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं। को डोमिनार–४०० सिसीको मोटरसाइकल ३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनी ३० हजार दिई बाँकी पैसा पछि दिन्छु भनी गत पुस २९ गतेबाट सम्पर्क विहीन भई ठगी गरेका थिए।

    ४) यता धनुषाको जनकपुरधाम उपमहानगरपालिकास्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई ‘रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालि’ को म्यानेजिङ डाइरेक्टर हुँ भनी भिजिटिङ कार्ड समेत देखाई मारुती सुजुकी कम्पनीको प्रदेश–३–०१र ०२३ च ००५० नं. को ब्रिज्जा कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भनी लगी सम्पर्कविहीन भई ठगी गरेका थिए। उक्त कार रवि कुमार सिंह सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

    ५) यसैगरी काठमाडौंको लाजिम्पाट स्थित ‘रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालि’ को नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई करिब एक करोड रुपैयाँ ठगी गरेको भनी कैलालीको घोडाघोडी नगरपालिका–१ स्थाई घर भई हाल लाजिम्पाट बस्ने ‘रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालि’ का संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले निवेदन दिएका प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनले देवी प्रसाद सिंहको छोरा जिल्ला कैलाली टिकापुर नगरपालिका–९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गाविस वडा नं. ७ ठेगाना उल्लेख भएका जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नेपाली नागरिकताको प्रमाणपत्र नक्कली भनी खुल्न आएको, सोही नागरिकता पेश गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको, उनले सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको खुल्न आएको छ। उनका विरुद्ध महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा बैंकिङ कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भएकोले हाल थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीको भनाई छ।
    साथै उनीबाट धेरै व्यक्तिहरू ठगिएको भन्ने बुझिएको र उजुरी आउने क्रम जारी रहेकोले अन्य कोही सो व्यक्तिबाट ठगिमा परेको भए महाशाखामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.