निकोशिया । सन् नोभेम्बर ७, १९७९ मा भारतबाट स्थापना भएको एकता समाज यतिवेला विश्वका करिब २७ देशहरुमा स्थापित भइसकेको छ ।
Advertisement
यस दौरानमा सबैभन्दा पछिल्लो समयमा स्थापना गरिएको साइप्रस नेपाली एकता समाजले पनि दोश्रो वर्षमा प्रवेश गरेको छ ।
साइप्रस नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै निरन्तर रुपमा साइप्रसस्थित नेपालीहरुमा पर्दै आएका विभिन्न प्रकारका सामाजिक कामका साथसाथै रचनात्मक कार्यक्रमहरू पनि सम्पन्न पार्दै आएको छ ।
समाजको तर्फदेखि केन्द्रीय उपाध्यक्ष कविता गोलेले शुभकामना मन्तव्यमार्फत एक वर्षको लेखाजोखा समेत सार्वजनिक गर्नुभएको छ ।
मन्तव्यमा गोलेले साइप्रसस्थित नेपालीहरुलाई साइप्रस नेपाली एकता समाजको झण्डामुनी गोलवन्द हुनसमेत आव्हान गर्नुभएको छ ।