काबुल । अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकुको मृत्यु भएको छ ।
Advertisement
रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकु मारिएका सोमबार जानकारी दिएको छ ।
घटनामा परी अरू १६१ जना घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । देशका नान्गाहार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्जसिरलगायतका क्षेत्रमा घटना भएका हुन् । (रासस/एएनआई)





