काठमाडौँ । जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।
Advertisement
देशको हिरोसिमा, सिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमवार आग्रह गरेको हो ।
आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरू उडान अनिश्चित रहेका छन् ।
अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुन सक्ने अनुमानसमेत गरिएको अधिकारीहरूले जनाएका छन् । (रासस/एएनआई)





