खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रको चंडिगढ नगरसमितिले विभिन्न स्थानमा संगठनात्मक अभियान तिब्र पारेको छ । संगठन विस्तारका क्रममा आइतबार मोहाली एरियाको भेला सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले व्यानर खोलेर उद्घाटन गर्दै संगठनको विकास र विस्तारमा सबै कार्यकर्ताहरूलाई एक ढिक्का हुन आव्हान गर्नुभयो ।
भेलाले बालाराम न्यौपानेको अध्यक्षतामा ११ पूर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरी १५ सदस्यीय एरिया संगठन समिति गरेको छ ।
जस्मा सचिव लिला विक, कोषाध्यक्ष सिमा खडका र सदस्यहरूमा राम प्रसाद शर्मा, मोहन बुढा, सन्तोष खनाल, सिता खडका, लक्ष्मी क्षेत्री, चेतमान सुनार, हेमलाल सुनार, सुनिल, तथा वैकल्पिक सदस्यहरुमा देबेन्द्र कुमार, शोभादेवी न्यौपाने एवम् सल्लाहकारमा मान बहादुर केसी र सिता खत्री रहनु भएको छ ।
नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सल्लाहकार तिलक पौडयालले गर्नुभएको थियो । त्यस्तै, मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्य, समता केन्द्रीय विभागका बिनु नेपाली, जनजाति विभाग क्षेत्रका तेजबहादुर रोका, रक्तिम विभागका अर्जुन विक र महिला नगर विभागकी सचिव जमुना खनाल लगाएतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
लीला विकको सञ्चालन तथा बालाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मान बहादुर केसीले स्वागत गर्नुभएको थियो ।