खिमराज चालिसे, चण्डीगढ ।
भारतको चंडिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठन विस्तार भएको छ । मूल प्रवाहको चंडिगढ नगर समिति अन्तर्गत मध्यसिटी एरिया र इन्डस्ट्रियल एरियामा मूल प्रवाहको संगठन निर्माण भएको हो ।
भारतमा केही व्यक्तिहरुले मूल प्रवाहविरुद्ध विभिन्न भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन् । तर, नेपाली समूदायले ती भ्रमको वेवास्ता गर्दै मूल प्रवाहको झण्डामुनि गोलबन्द भइरहेका छन् ।
भारतमा केही समयदेखि कोरोना संक्रमणमा आएको कमी तथा भारत सरकारद्वारा दिइएका छुटलाई प्रयोग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैयौं नगरहरुले संगठनलाई व्यापक जनस्तरमा पुराउने उद्धेश्यका साथ संगठनात्मक भेला तथा प्रशिक्षण सञ्चालन गर्दै सबै प्रकारका भ्रमविरुद्ध सैद्धान्तिक रुपमा स्पष्ट पार्ने कार्यलाई निरन्तरता दिएको छ ।
मध्यसिटी एरिया
चंडिगढ मध्यसिटी एरियामा भएको भेलाको उद्घाटन समाजका केन्द्रीय सदस्य दिनेश खडकाले गर्नुभयो । भेलाले १५ सदस्यीय एरिया संगठन समिति गठन गरेको छ ।
समितिको अध्यक्ष लक्ष्मण पाण्डे, सचिव बिष्णु बेल्वासे, कोषाध्यक्ष नारायण आचार्य, सदस्यहरूमा किसन खनाल, नारायण खनाल, जमुना खनाल, जमुना खडका, रुद्र अधिकारी, बिष्णु पाण्डे, वैकल्पिक सदस्यहरू गोकुल शर्मा , सिमा आचार्य र सल्लाहकारहरूमा बिष्णु विक, प्रेम विक, पदम पान्डे, मनिराम आचार्य रहनु भएको छ।
नवनिर्वाचित समितिको घोषणा नगर समितिका सदस्य थमन थापाले गर्नुभएको थियो भने बधाई तथा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयाल, विद्यार्थी केन्द्रीय सदस्य विष्णु बेल्वासे, नगर अध्यक्ष मान बहादुर केसी, समता विभागका अर्जुन विकलगाएत हुनुहुन्थ्यो ।
नारायण आचार्यको सञ्चालन तथा लक्ष्मण पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किसन खनालले स्वागत गर्नुभएको थियो ।
इन्डस्ट्रियल एरिया
इन्डस्ट्रियल एरिया भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार खिमराज चालिसेले गर्नुभयो । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय सदस्य प्रेम आचार्यले गर्नुभएको थियो ।
भेलाले १७ सदस्यीय एरिया संगठन समितिको निर्माण गरेको छ । समितिको अध्यक्ष थानेश्वर पाण्डे, सचिव राम पन्थी, कोषाध्यक्ष सरस्वता भुसाल, सदस्यहरूमा बिनु कुमार नेपाली, तेज बहादुर रोका, लक्ष्मी अधिकारी, बिष्णु अर्याल, डासीराम अर्याल, दिनेश विक, सुनिता, तारा ज्ञावली तथा वैकल्पिक सदस्यहरूमा तिर्था भुसाल, बलुराम बन्जाडे, लक्ष्मण खनाल, इन्दिरा पौड्याल र सल्लाहकारमा किसन बुढाथोकी र नारायण शर्मा रहनु भएको छ ।
निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनेहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, सल्लाहकार तिलक पौडयाल, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, समता केन्द्रीय विभागका बिनु नेपाली, जनजाति विभाग क्षेत्रका तेज बहादुर रोका, नगर अध्यक्ष मान बहादुर केसी, उपाध्यक्ष बालाराम न्यौपाने, विद्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्वासे, महिला नगर संयोजक माया आचार्य, रक्तिम विभागका दुर्गा विक, विद्यार्थी विभागका दिपक चालिसे लगाएत हुनुहुन्थ्यो।
थानेश्वर पाण्डेको सञ्चालन तथा विष्णु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मी अधिकारी तथा रक्तिमका कलाकारहरुद्वारा स्वागत गीतबाट गरिएको थियो ।