तेलअभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएई) का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबिचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेशमन्त्रीले २०७८ साउन १० जानकारी दिनुभएको छ ।
Advertisement
इजरायली विदेशमन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिनुभयो ।
राजदूतमा नियुक्त हुनुभएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रूपमा काम गर्नुभएको थियो ।
‘हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेका छौँ’ विदेशमन्त्री लापिडले भन्नुभयो ।
उहाँको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरू हुने आशाा गरिएको बताउनुभयो ।





