काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
Advertisement
पौडेलले आज बिहान पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुगेर दाहालको स्वास्थ्यबारे जानकारी लिनुभएको हो ।
प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले आमाको अवस्थाबारे नेता पौडेललाई जानकारी दिनुभएको थियो ।
केही समयदेखि अस्वस्थ सीताको स्वास्थ्य अवस्था बुझ्न नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका वरिष्ठ नेताहरू प्रचण्ड निवासमा जानुभएको थियो ।
