पुष्कर भट्ट, कञ्चनपुर ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको प्रेमसिंह धामी स्मृति आधारभूत विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । करारमा शिक्षक छनौट प्रक्रिया गलत र प्रश्नपत्र लिक गरेको भन्दै स्थानी अभिभावकले ताला लगाएका हुन्।
Advertisement
नगरपालिकाको वडा नं ७ गाउजीमा रहेको सो विद्यालय प्रशासनले शिक्षक छनौटमा गोपनीयता भंग गरेको स्थानीयको आरोप छ ।
अभिभावकले परीक्षामा धाँधली र गोपनीयता भंग गरेर पदीय मर्यादा उल्लंघन गरेको भन्दै परीक्षा समिति र प्रधानअध्यापकलाई कारबाही गर्न माग गरेका छन् ।
सो विषयमा व्यवस्थापन समितिका अध्यक्र्ष गोकर्णराज जोशीले निष्पक्ष रुपमा काम गरेको दाबी गर्नुभयो । कुनै गल्ती गरेको भए छानबिन गर्न आग्रह गर्दै आफू कारबाही भोग्न तयार रहेको उहाँले युगदर्शनलाई बताउनुभयो ।
प्रधानअध्यापक मदनराज जोशीसँग भने सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन ।