सिडनी । अस्ट्रेलियाको सङ्घीय राजधानी सिड्नीमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोना महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि शुक्रबार सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीले जनाएका छन् ।
Advertisement
केन्द्रीय राजधानीसमेत पर्ने न्यू साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि सङ्कटकाल लगाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडिस बेरेजिक्लियनले प्रदेशभित्रका सबैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।
राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुँदाहँुदै पनि महामारी कम नभएपछि सङ्कटकाल लगाउनुपरेको हो । (रासस÷एपी)





