• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नवलपुरबाट वर्षदिनमा ३०० भन्दा बढी मानिस हराए


  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
  • कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७/७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताउनुभयो ।

    आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्कविहीन रहेका गिरीले जानकारी दिनुभयो ।

    ‘प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ’ गिरीले भन्नुभयो– ‘तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेकोजस्तो देखिएको हो ।’

    जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् ।

    ‘बढ्दो सामाजिक सन्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्र्पकविहीन हुने गरेका छन्’ प्रहरी प्रवक्ता गिरीले भन्नुभयो– ‘यस वर्ष मात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।’

    सामाजिक सन्जाल प्रयोगका कारण परिवारका सदस्यबिच संवादहीनता बढ्दै जानु र एकर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताउनुभयो ।

    परिवारका सदस्यको मनोभावना बुझ्ने, सदस्यबिच संवाद बढाउने, पारिवारिक मनमुटाव समयमा नै हल गर्ने, परिवारका सदस्यका बारेमा जानकारी राख्ने हो भने पनि धेरै समस्या हल हुने उहाँ बताउनुहुन्छ ।

    आव २०७६/७७ मा जिल्लामा २२९ व्यक्ति हराएका थिए । अघिल्लो आवमा हराएकामध्ये ९० जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष मानिस बेपत्ता हुने तथ्याङ्क बढ्नुका साथै बेपत्ता हुनेको सूचीमा महिला तथा बालिका धेरै छन् ।

    ‘मानिस हराएका भन्दा भेटिनेको सङ्ख्या न्यून हुँदा प्रहरीले खोजीमा चासो नदेखाएको भन्ने गुनासोसमेत आउने गरेको छ’ गिरीले भन्नुभयो– ‘प्रहरीले सक्दो खोजी गरिरहेको छ, अपराध अनुसन्धानका सबै पद्धति अपनाएर हराएकाको खोजी जारी भए पनि हराउने सबै मानिस भेट्न सकिएको छैन ।’

    सामाजिक सन्जालको बढ्दो प्रयोगसँगै यसको दुरूपयोग बढ्दासमेत मानिस हराउने गरेका उहाँको भनाइ छ । जिल्लाबाट हराएका व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्लामा सादा पोसाकका प्रहरीसमेत परिचालन भइरहेका जनाउँदै गिरीले जिल्लाबाट हराएका मानिस अन्य जिल्लाबाट समेत भेटाएर उद्धार गरिएको बताउनुभयो । (रासस)

    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.