इस्लामावाद । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरू ३९ जना घाइते भएका छन् ।पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुन्या प्रान्तमा बसमा हमला भएको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।
सो बसमा रहेका अरू ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासुक्षेत्रमा कामदार लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरू घाइते यात्रुमध्ये अधिकांश गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
यहाँका सुरक्षाकर्मीले उनीहरूलाई अस्पतालसम्म पु¥याएका छन् । उनीहरू उद्धारको काममा खटिरहेका बताइएको छ ।
यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन । (रासस\सिन्ह्वा)





