रिसव आचार्य, तौलिहवा ।
राष्ट्रिय जनमोर्चा बाणगङ्गा नगर समितिको अयोजनामा बाणगङ्गा नगरपालिका–११ भड्सरहवामा २०७८ असार ३० गतेका दिन शोकसभा सम्पन्न भएको छ ।
राजमोका क्रियाशील सदस्य चिरञ्जीवी आचार्यकी आमा टुकादेवी आचार्यको निधनप्रति उहाँकै निवासमा नवौँ दिनको दिनमा शोकसभा सम्पन्न भएको हो । उहाँको ८३ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजमो जिल्लाध्यक्ष दधिराम आचार्यले शोक मन्तव्य राख्दै टुकादेवी आचार्य मृत्युले पार्टीले एउटा असल अभिभावक गुमाउँदा अपूरणीय क्षति भएको बताउनुभएको थियो । उहाँले मन्तव्य राख्दै टुकादेवी आचार्यले देखाएको बाटो र प्रेरणामा पार्टी अगाडि बढ्ने बताउनुभएको छ ।
साथै कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (मसाल ) का जिल्ला प्रवक्ता छविलाल गैरेले टुकादेवी आचार्य भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँले देखाएको बाटो पार्टी सधैँ अघि बढ्ने जनाउनुभएको थियोे ।
कार्यक्रम मृतकका देवर टेकनारायण आचार्यको अध्यक्ष्यता, राजमो जिल्लाध्यक्ष दधिराम आचार्यको प्रमुख आतिथ्यता र राजमो नेता रामप्रसाद बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियोे ।
मृतक टुकादेवीकी दुई छोरा र तीन छोरी हुनुहुन्छ ।