• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति


  •   मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
  • ताप्लेजुङ । आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरिजङ गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।

    Advertisement

    स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उत्र्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीले उक्त प्रवेश परीक्षा उत्तीर्ण गर्न नसके जिल्लाका कुनै पनि क्षेत्रका विद्यार्थीले उक्त छात्रवृत्ति पाउने छन् ।

    यस्तै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने व्यवस्थालाई समेत निरन्तरता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पोसाक र स्कुल ब्याग गाउँपालिको प्रदान गर्ने भएको छ ।

    गाउँपालिका क्षेत्रभित्रको क्याम्पसमा पढ्ने दलित, महिला, अपाङ्गता परिचय पत्र भएका विद्यार्थीलाई स्नातक वा सो भन्दा माथिको अध्ययन निःशुल्क बनाइनेसमेत निर्णय भएको छ ।

    यता, सबै वडाबाट प्रत्येक वर्षको एसइई परीक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने हरेक वडाका एक÷एक जना गरी आठ जना विद्यार्थीलाई प्राविधिक विधामा प्रवीणता प्रमाणपत्र तह वा सो सरह अध्ययनका लागि आवाससहितको छात्रवृत्ति दिने व्यवस्थालाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।

    कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने, पोसाक र ब्याग वितरण गर्ने, प्राविधिक विषयको अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम चालु आर्थिक वर्षबाटै सुरु गरिएका थिए । उक्त कार्यक्रमलाई पुन निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको हो । (रासस)

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.