• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘परम्परागत काजक्रिया नगर्ने भनेपछि बुवाको शवमा दागबत्ती दिनबाट छोरा बञ्चित’


  •   मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
  • सुनवल । राष्ट्रिय जनमोर्चा नवलपरासीका नेता तिलक प्रसाद सुवेदीले बुवाको मृत्युपछि आफूले पराम्परागत काजक्रिया नगर्ने अडान लिएपछि बुवाको शवमा दागबत्ती दिनबाट बञ्चित गरिएको बताउनुभएको छ ।

    Advertisement

    नेता सुवेदीका बुवा सालिकराम सुवेदीको गत असार १७ गते निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार आयोजित शोक सभामा राजमो नवलपरासीका सल्लाहकारसमेत रहेका सुवेदीले आफूले केस मुण्डन र परम्परागत काजक्रिया नगर्ने अडान लिएकै कारण बुवालाई दागबत्ती दिन नपाएको गुनासो गर्नुभयो ।

    ‘मलाई रुढीवादी परम्परागत किरियामा विश्वास लाग्दैन । त्यसैले मैले केस मुण्डन र कोरा बारेर किरिया नगर्ने अडान लिएँ’ सुवेदीले भन्नुभयो, ‘त्यसकारण शव दाहसंस्कार गर्दा मलाई दाजुभाइ र आफन्तले दागबत्ती दिनबाट समेत बन्चित गरे ।’

    सालिकरामका जेठा छोरा रहेका सुवेदीले बुवा आमालाई जीवितै छँदा सेवा गर्नुपर्ने भन्दै मरेपछि दानपिण्ड र रुढीवादी काजकिरियाको कुनै अर्थ नहुने बताउनुभयो ।

    कार्यक्रममा उपस्थित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गलत संस्कृति र परम्पराविरुद्ध संघर्ष गर्नुपर्ने बताउँदै तिलक सुवेदीको व्यवहारले समाजलाई शिक्षा दिएको उल्लेख गर्नुभयो ।

    उहाँले हाम्रो समाजमा जिउँदा बावु–आमालाई दुःख दिने, वृद्धाश्रममा छाड्ने तर मृत्युपछि पण्डितलाई दान गरेर मरेकाले पाउँछन् भन्ने गलत संस्कृति रहेको बताउनुभयो । यस्ता रुढीवादी परम्पराविरुद्ध संघर्ष गर्नुपर्नेमा केसीले जोड दिनुभयो । उहाँले यो संसारमा हरेक जिवको जन्म र मृत्यु अनिवार्य छ तर मृत्युपछि संस्कारमा यही गर्नु पर्छ भन्ने भन्दा पनि जे विज्ञान सम्मत छ त्यसलाई अंगिकार गरेर विज्ञान विरोधि कुरा छोड्दै जानुपर्छ भन्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय राजनीतिबारे पनि केसीले चर्चा गर्नुभयो । अध्यक्ष केसीलेले केपी ओली सरकार अदालतले संसद व्युँताय पनि आफू नै सत्ता कसरी टिकिरहन सकिन्छ भन्ने रणनीतिमा रहेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताउँदै ओलीका गलत प्रवृतिलाई परास्त गर्न पाँच दलीय गठबन्धन बनेको बताउनु भयो ।

    मृतक सालिकराम सुवेदीको जेष्ठ सुपुत्र तिलक प्रसाद सुवेदीको अध्यक्षता र नाति सागर सुवेदीको स्वागत मन्तव्यमा अघि बढेको कार्यक्रमलाई अखिल नेपाल शिक्षक संघ नवलपरासी जिल्ला अध्यक्ष डिल्लीराज ज्ञवालीले सञ्चालन गर्नुभएको थियो । मृतकको सम्झना एक मिनट मौन धारणपछि उहाँको तस्बिरमा माल्यार्पण गरिएको थियो । जेठा छोरा सुवेदीले आफ्ना बुवाको जीवनीबारे प्रकाश पार्नुभएको थियो ।

    शोक सभामा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, राजमो नेता सुरेश थापा, नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति बिष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष भविश्वर तिवारी, रक्तिम सास्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना, वामपन्थी नेता कृष्णराज पौडेल, नेकपा (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटालगायतको सहभागिता रहेको थियोे ।

    राजमो नवलपरासीद्वारा श्रद्धाञ्जली

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.