काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका १६ जना नागरिक अभियन्ता पक्राउ परेका छन्। सिंहदरबारअगाडि प्रदर्शन गर्दा नागरिक अभियन्ताहरु पक्राउ परेका हुन् ।
Advertisement
पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।
स्वास्थ्य शिक्षामा चरम बेथिति भइरहेको तथा धरानको बीपी प्रतिष्ठान धरासायी बनाउन खोजिएको भन्दै नागरिक अगुवा प्रदर्शनमा उत्रिएका हुन् ।
प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।
