• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

महलीसागर बाँधले कपिलवस्तुमा चार गाउँ डुब्यो


  •   शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
  • तौलिहवा । भारतले सीमाक्षेत्रमा बनाएको महलीसागर बाँधले गर्दा यशोधरा गाउँपालिकाका चार गाउँ डुबेको छ ।

    Advertisement

    बाँधको १५ फाटकमा एक मिटर चौडाइ, डेढ मिटर लम्बाइको मोटा मोटा सालको पटरा राखेर पानी छेकेको हुँदा पानीजति नेपालतिर फर्कंदा रोप्दै गरेको धानबाली डुबेको हो ।

    सीमाक्षेत्रबाट तीन सय मिटरको दुरीमा महलीसागर बाँध छ । २०५९ सालदेखि भारतको सिद्धार्थनगर जिल्ला, थाना सोहरतगढअन्तर्गत महली गाउँमा भारतले बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पूरा हुन सकेको छैन । सातायतादेखि दैनिकजसो पानी परिरहेको छ । बाँधको ढोकामा काठको पटरा लगाइदिएपछि मंगलबार साँझबाट सीमामा रहेको सागरमा पानी जम्मा हुन थालेको हो ।

    बिस्तारै पानी बढ्दै गएर बुधबारबाट भर्खर रोपेको धान डुब्न थालेको स्थानीय किसानहरूले बताएका छन् ।

    बाँधपीडित भगवानपुरका बासिन्दाले असारदेखि कात्तिकसम्म अत्यधिक वर्षा नहोस् भनेर भगवानसँग कामना गर्दै बस्छन् । धेरै पानी परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ । बढी वर्षा भयो भने गाउँको घरसम्मै डुबान हुन्छ ।

    बाँधले गर्दा तीन सय हेक्टर बढी नेपाली भूभाग डुबानमा पर्ने गरेको नेपाली प्राविधिकले बताए । बाँधकै कारण नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ पनि वर्षाका बेला डुबानमा पर्ने गरेको छ ।

    नेपालबाट हुने हरेक उच्चस्तरीय भ्रमणका बेला बाँध पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र दिने गरे पनि दुई दशक भइसक्दा पनि समस्या समाधान नभएको स्थानीय सन्तराम केवटले गुनासो गरे । अर्का स्थानीय रामदास यादवले एक दशकदेखि डुबानले गर्दा अन्नबाली स्याहार्न नपाएको दुखेसो पोख्छन् ।

    सन् १९०१ मा नेपालको सहमतिमा बनाइएको पुरानो पाँचढोके बाँधको मर्मतका नाममा भारतले सधैं त्यो बाँधको मर्मतसम्भार गरेको भनेर नयाँ बाँधको संरचना निर्माण गर्दै आइरहेको छ । अहिले महलीसागरमा १९०१ मा बनाइएको पुरानो पाँचढोके बाँध र २०५९ सालमा निर्माण थालिएको नयाँ १५ ढोके बाँध (ढोका मात्र राख्न बाँकी) संरचना छन् ।

    बाँध निर्माण थालेपछि नेपाली पक्षको तीव्र विरोध भएपछि बाँध निर्माण कार्य पूरा हुन पाएको छैन । बाँध सदरमुकाम तौलिहवादेखि करिब १० किमि दक्षिणमा पर्छ । बाँधस्थलमा एसएसबीको सुरक्षा छ । डुबान समस्या समाधान गर्न भारतीय समकक्षी सिद्धार्थनगरका डिएमलाई आग्रह गरेको प्रजिअ चक्रपाणि पाण्डेले बताएका छन् । (एजेन्सी)

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.