नवराज पाण्डे (नवीन), इटहरी ।
सुनसरीको कान्छीचोक–चतरा सडकखण्डमा स्कारपियो, ट्र्याक्टर र अटो एकापसमा ठोक्किँदा अटो चालक र एक जना यात्री घाइते भएका छन् ।
घाइते हुनेमा सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं. ५ रामझोडा निवासी अटोचालक रोशन र यात्री सतोष बस्नेत रहेका छन् ।
कान्छीचोक चतरा सडकखण्डकोे रामधुनी–७, सिसुवामा दिउँसो १ः४५ बजे दुर्घटना भएको हो ।
इटहरीबाट कालाबञ्जार जादै गरेको स्कारपियोले इटहरीतिर बालुवा बोकेर जादै गरेको ट्र्याक्टरलाई ठक्कर दिँदा स्कारपियो उफ्रिएर कालाबञ्जरबाट इटहरी जार्दै गरेको अर्टोलाई ठकर दिन पुगी उक्ता घटना भएको हो भनी प्रत्यक्षदर्शी अमृत थारूले बताउनु भएको छ ।
बा८ च९०३ नम्बरको स्कारपियो, को२ त५४७१ नम्बरको ट्र्याक्टर र को२ ह५१५८ नम्बरको अटो एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते हुने अटोचालक र यात्री दुवैको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाइएको छ ।

