केपि बिरही, युएई ।
युएई नेपाली एकता समाजसहित युएईमा कृयाशील विभिन्न संघसंस्थाले नेपालमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर किट पठाएका छन् । नेपाली संघ संगठनहरुले ४६ लाख ७८ हजार १५२ रुपैयाँ संकलन गरि सोही रकम बराबरको ५९ हजार थान पीसीआर किट पठाएका हुन् ।
Advertisement
किट युएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालमार्फत नेपाल एयर लाइन्सका अफिस सञ्चालक टिकाराम पंगेनीलाई सो सामग्री हस्तान्तरण गरिएको छ ।
स्वदेश पठाइएको कीट नेपालका सातवटै प्रदेशलाई बराबरी हुने गरि पठाउन आग्रह गरिएको नेपाली समाजका महासचिव वेदप्रकास अर्यालले बताउनुभयो ।
सो किट भोलि ७ जुलाइका दिन बिहान नेपाल भित्रिने पंगेनीले जानकारी दिनुभयो ।
