नयाँ दिल्ली। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियोले त्यहाँका जिल्ला अधिकारीलाई नेपालीहरुका समस्याबारे ध्यानाकर्षण गराएको छ ।
Advertisement
मूल प्रवाह राज्य समितिका सदस्य मिथुनसिंहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्ला अधिकारी आविद हुसैन सादिकसँग भेट गरी नेपालीहरुका विभिन्न समस्या र बासस्थानका बारेमा छलफल गरेको थियो ।
त्यस क्रममा जिल्ला अधिकारी हुसैनले नेपालीहरुलाई हुने समस्याबारे आफू गम्भीर रहेको बताएका थिए । साथै उनले नेपालीहरुमाथि परेका विभिन्न समस्यालाई हरसम्भव समाधान गर्ने बताएका छन् ।