• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

युगदर्शन र नेपाली एकता संवाददाताको प्रशिक्षण सम्पन्न


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । युगदर्शन मिडिया र नेपाली एकता अनलाइनका संवाददाताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७८ असार १८ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    संवाददातालाई प्रशिक्षण दिँदै राजमो अध्यक्ष चित्रबहादुर केसीले मिडिया मानव समाजको शक्तिशाली माध्यम भएको बताउनुभयो ।

    ‘नेपोलियन बोनापार्टले हजारौँ सेनासित भन्दा मलाई मिडियासित डर लाग्दछ भन्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘अहिले त मिडिया झन् धेरै नै शक्तिशाली र व्यापक भएको छ ।’

    उहाँले रुसमा बोल्सेभिक कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा पहिले “के गर्ने” पुस्तकमा लेनिनले इस्क्रा (झिल्को) पत्रिकाको भूमिकामाथि अत्यधिक जोड दिएको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीलाई थाहै छ, जबसम्म इस्क्रा लेनिनको सम्पादकत्वमा थियो, तबसम्म त्यसले रुसी क्रान्तिमा महत्त्वपूर्ण योगदान दिएको थियो ।’

    देशको समसामयिक राजनीतिक परिस्थितिबारे मन्तव्य राख्दै अध्यक्ष केसीले ओलीको प्रतिगामी कदमको विरुद्ध देशव्यापी आन्दोलन अहिलेको सम्पूर्ण गणतान्त्रिक शक्तिहरूको साझा राजनीति रहेको बताउनुभयो ।

    उहाँले विश्वभरिका संवाददाताले प्रतिगमनको विरोधसित सम्बन्धित समाचार प्राथमिकताका साथ लेख्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सञ्चार मिडिया कसको स्वामित्वमा छ भन्ने विषयले सबै मिडियाको पक्षधरताबारे फैसला गर्ने बताउनुभयो ।

    “हाँक” साप्ताहिकको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘जब हाँक नेकपा (मसाल) को मातहतमा थियो, त्यसले हाम्रो राजनीति बोकेको थियो । तर अहिले त्यो स्थिति छैन ।’

    उहाँले अहिले पार्टी मसाल विरोधी तत्त्वहरूको अभिव्यक्ति प्रकाशन गर्ने माध्यम बनेको बनाउनुभयो ।

    ‘पहिला हाँकले जुन राजनैतिक, वैचारिक सामग्री प्रकाशन गर्दथ्यो, त्यो सिलसिला अहिले युगदर्शनले बोकिरहेको छ’ उहाँको थप भनाइ थियो ।

    युगज्योति प्रकाशन प्रालिका अध्यक्षसमेत रहनुभएका राजमो नेता आनन्द शर्माले कार्यक्रममा पार्टीसित सम्बन्धित मिडिया र अनुशासनबारे प्रशिक्षण दिनुभएको थियो ।

    उहाँले व्यावसायिक र स्वतन्त्र मिडिया भनिए पनि वर्गीय समाजमा कोही पनि स्वतन्त्र रहन नसक्ने बताउनुभयो ।

    युगदर्शन र नेपाली एकताका संवाददाताले सर्वहारा वर्गको पक्षमा समाचार लेख्ने गरेको स्मरण गर्दै नेता शर्माले भन्नुभयो– ‘तपाईंहरूले गर्ने पत्रकारिता भनेको मिसन पत्रकारिता नै हो ।’

    उहाँले संवाददातालाई सही राजनीतिक–वैचारिक नीतिको आधारमा पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो ।

    नेपाली एकता अनलाइनका सहसम्पादक धनवीर पुनले संवाददाता साथीहरू पत्रकार मात्र नभएर सङ्गठनको कार्यकर्तासमेत रहेकाले उनीहरूले सङ्गठनको हितलाई सर्वोपरि राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापामगरले “पत्रकारिता र समाचार लेखनबारे प्रारम्भिक जानकारी” शीर्षकको लिखित नोटसहित प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालको पनि आतिथ्यता रहेको थियो ।

    युगदर्शनका व्यवस्थापक हरिकान्त शर्माको अध्यक्षता तथा युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापामगरको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा डेस्क संयोजक लक्ष्मी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।\

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.