• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाढी पहिरोबाट असारमा मात्रै ३३ जनाको मृत्यु, ३० बेपत्ता, जोखिम अझै बढ्न सक्ने


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालमा गएको जेठ ३१ यता मात्रै बाढी तथा पहिरोका कारण ३३ जनाले ज्यान गुमाएका छन् भने ३० जना बेपत्ता भएका छन् । यो अवधिमा अर्बौंको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

    Advertisement

    पछिल्लो अद्यावधिक सरकारी विवरण अनुसार गत जेठ ३१ यता मनसुनजन्य १७८ घटना भएका छन् । वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ।

    त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा बैंक तथा वित्तीय संस्थामा क्षति भएको विवरण प्राप्त भएको छ।

    मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएको बताइएको छ। निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन्।

    नदीहरुमा आकष्मिक बहावको सम्भावना
    हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा ‘वर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेको’ सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागको बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी रापती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेको जनाएको छ। ‘तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ’ उसले भनेको छ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरू र नारायणी र त्यसका सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी र मर्स्याङ्दी लगायतमा उच्च जोखिम रहेको छ ।

    कन्काई, कमला, बागमती र पूर्वी रापती जलाधारका केही सहायक नदीहरूमा मध्यम देखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्क हुनुपर्ने तहमा पुग्ने जनाइएको छ। यी नदीहरूलाई पनि उच्च जोखिम रहेको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

    राजमार्गहरूको अवस्था के छ?


    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो विवरण अनुसार धादिङ जिल्लास्थित पृथ्वी राजमार्गमा लेदो सहितको पहिरोका कारण सडक अवरुद्ध भएको छ। त्यस्तै मुग्लिङ नारायणगढ खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ।

    काभ्रेमा लेदो सहितको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। कान्ति लोकपथ र हेटौडा जाने बाटोमा पनि पहिरोको प्रभाव परेको छ। पृथ्वी राजमार्ग, मुग्लिङ नारायणगढ खण्ड र बीपी राजमार्ग एकतर्फी रूपमा खुलाइएको केन्द्रले जनाएको छ। हुलाकी राजमार्ग, अरनिको राजमार्ग, मध्य पहाडी राजमार्ग लगायत दर्जनौँ सडक खण्ड हाल अवरुद्ध रहेका छन्।

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.