मोगादिसु । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।
Advertisement
सो सेनाले दिएको जानकारीअनुसार यहाँको अलसेबाब आतङ्ककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकु रहेका छन् ।
त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अलसेबाबका लडाकुहरू मारिएका थिए ।
यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरू केही घाइते पनि रहेका छन् ।
त्यस्तै, कतिपय स्थानमा अलसेबाबका लडाकुले गरेका हमलामा परी अरू कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् । (रासस÷सिन्ह्वा)





