रोपड (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मिर्गौला पीडित एक नेपाली किशोरलाई आर्थिक सहयोग गरेको छ ।
Advertisement
मूल प्रवाह रोपड़ नगर समितिले १६ वर्षीय किशोर लोकेन्द्र थापाको उपचारका लागि एक लाख तीन हजार रुपैयाँ सहयोग गरेको हो ।
तनहुँ जिल्ला घर भइ हाल पञ्जाबको रोपडस्थित थर्मल प्लान्टमा अस्थायी जागिर गर्दै आएका बम बहादुर थापाका छोरा लोकेन्द्र दुवै मिर्गौला खराब भइ उपचाररत रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा समस्या भएपछि थापा परिवारले मूल प्रवाहसँग सहयोगको अपिल गरेको थियो ।
सोही आधारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुले आर्थिक संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।