• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पहिराले बैतडीका ग्रामीण सडक अवरुद्ध


  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • खलङ्गा । लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण सडकमा पहिरो खस्नुका साथै हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।

    Advertisement

    वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडक अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयसँग जोडिएका सडक पहिरो र हिलाम्मे छन् ।”

    वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न् । यीबाहेक अन्य ग्रामीण सडक पनि अवरुद्ध बनेका छन् ।

    स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– “लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनै कुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन ।”

    कच्ची सडकमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीले बताएका छन् । वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिनुभयो ।

    खाद्यान्न ढुवानीमा समस्या
    केही दिनदेखि लगातार वर्षाले जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेलाई समेत कठिनाइ भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन चल्न छोड्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । डाङ–कलौना जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नु परेको दोगडाकेदार–३ कलौनाका मनीराम गिरीले बताउनुभयो ।

    ग्रामीण सडकमा गाडी नचल्दा कुनै नागरिक बिरामी भए पनि अस्पतालसम्म लैजानका लागि पक्की सडकसम्म पुर्याउनै मुस्किल हुने गरेको सुर्नया गाउँपालिकाका स्थानीय धनबहादुर विष्टको भनाइ छ । बिनास्टिमेट र अनावश्यक रूपमा ग्रामीण क्षेत्रमा डोजरले खनिएका सडकले यहाँका गाउँगाउँमा पहिरोको जोखिमसमेत बढाएको छ । (रासस)

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.