काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ । उपत्यकामा बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यान्न पसल अब बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पसल सञ्चालन गर्ने समय थप गर्दै निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यन्न पसल अब बिहान ११ बजेसम्म र हार्डवेर पसल दिउँसो ४ बजेपछि खुल्ला गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यस्तै मल, बीउ ढुवानीलगायत कृषिका काममा सहजीकरण गर्ने पनि निर्णय भएको छ। सवारीसाधान लगायत अन्य व्यवस्था भने अहिलेकै कायम राखिएको छ । त्यसैगरी अनलाइन डेलिभरी गर्न खुल्ला गरिएको छ।
यसअघि थपिएको निषेधाज्ञा सोमबार राति सकिँदै छ । अब असार ७ गते मध्यरातिसम्म नयाँ मापदण्डअनुसार निषेधाज्ञा थपिएको हो ।