• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

दोधारा चाँदनीमा अतिक्रमण गर्ने एसएसबीको प्रयास असफल


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

    Advertisement

    भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

    एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दैै आएको बताउनु भएको छ । गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

    सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताउनुभयो । यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो ।

    यसैगरी, भीमदत्त नगरपालिका—९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्र्भट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ ।

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.