काठमाडौं । नवनियुक्त प्रदेश प्रमुख (गभर्नर)हरुले सपथ ग्रहण गरेका छन् । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सातै प्रदेशका प्रमुख लाई शपथ ग्रहण गराएकी हुन्।
Advertisement
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन् । प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव कर्णाली प्रदेशमा गोविन्द्र कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी प्रदेश प्रमुख नियुक्त भएका छन् ।
सपथग्रहणपछि आजै प्रदेश प्रमुखहरु आआफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित प्रदेशमा जानेछन्।