काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement
१७ हजार ९०३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति फेला परेका हुन्। आज ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।
९२ जनाको निधन भएको छ। यो सहित नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।
आज काठमाडौंमा ७९० ललितपुरमा १९० र भक्तपुरमा १३५ जना गरी उपत्यकामा जम्मा १ हजार ११५ जना संक्रमित थपिएका छन्।

