• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रोगप्रतिरोधी क्षमता बढाइयो भने जुनसुकै भाइरसलाई पनि जित्न सकिन्छ : डा. हरिप्रसाद


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्राकृतिक चिकित्सक डा. हरिप्रसादले रोगप्रतिरोधी क्षमता बढाउन सके जुनसुकै भाइरसलाई पनि जित्न सकिने विश्वास दिलाउनुभएको छ ।

    Advertisement

    ‘रोगप्रतिरोधी क्षमता बढाइयो भने हामीले जुनसुकै भाइरसलाई पनि जित्न सक्छौँ’ उहाँले भन्नुभयो– ‘अहिले कोरोना भाइरस मात्रै होइन, भविष्यमा आउने अरू भाइरसजन्य सङ्क्रमणलाई हामी जित्न सक्छौँ ।

    डा. हरिप्रसाद प्रगतिशील लेखक सङ्घको आयोजनामा २०७८ जेठ २३ गते आयोजित “कोरोना रोकथाम, उपचार र हाम्रो जीवनशैली” शीर्षकको भर्चुअल अन्तरक्रियामा विचार व्यक्त गर्दै हुनुहुन्थ्यो ।

    उहाँले रोगप्रतिरोधी क्षमताको विकासका लागि खाना, व्यायाम र तनाव व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

    नेपाली भान्सा अहिले धेरै नै विकृत हुँदै गएको उहाँले बताउनुभयो । ‘हाम्रो भान्साका मसला पहिला जीवनदायिनी थियो, अहिले विस्तारै मृत्युदायिनी बन्दै गएको छ’ उहाँले भन्नुभयो । डा. हरिप्रसादले नेपाली भान्साको बारेमा ५० भन्दा बढी विद्यावारिधी पूरा गर्न सकिने बताउनुभयो ।

    ‘बजार रङ्गीचङ्गी छ, हामी पनि कम रङ्गीचङ्गी छैनौँ’ उहाँले भन्नुभयो– ‘त्यसले गर्दा हाम्रो जीवनको रङ उडेको छ ।’

    उहाँले रासायनिक मल, कीटनाशक औषधि र हर्मोनको प्रयोगले हाम्रो खाद्यपदार्थ दुषित भएको बताउँदै उहाँले भन्नुभयो– ‘खानाका लागि घर (होम) बाट होटलतर्फ जानु भनेको अन्ततः हस्पिटल (अस्पताल) तर्फ पुग्नु हो ।’

    डा. हरिप्रसादले जीव, जीवन र जगत्का लागि प्रकृतितर्फ फर्किन आह्वान गर्नुभयो । प्रकृतिलाई बेवास्ता गर्दा आँखाले देख्न नसक्ने विषाणु (भाइरस) ले सिङ्गै मानव समुदायलाई आक्रान्त बनाएको बताउनुभयो ।

    प्रकृतिप्रति असन्तुलित रवैया कायम गर्दा के हुन सक्छ सम्बन्धमा उहाँले माहुरीको उदाहरण दिनुभयो । ‘यो प्रकृतिबाट माहुरी नहुने हो भने परागसेचनको अभावमा अहिलेको कृषि उत्पादन ५५ प्रतिशतसम्म घट्ने छ’ उहाँको भनाइ थियो ।

    रोग लागिसकेपछि बिरामीको उपचारमा एलेप्याथीको ठुलो योगदान रहेको बताउँदै उहाँले खानपानमा ध्यान दिने हो भने नसर्ने खालका रोगको सङ्क्रमणलाई धेरै न्यूनीकरण गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    कार्यक्रम अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।

    समीर सिंह र डा. लेखप्रसाद निरौलाले डा. हरिप्रसादसित केही जिज्ञासा राख्नुभएको थियो ।

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.