काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्ताको अवधिमा नेपालमा ३८ हजार १६२ जना संक्रमित थपिएका छन् भने ५० हजार ५४ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६ हजार ६३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, यो अवधिमा ९९ जनाको निधन भएको छ। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।
काठमाडौं उपत्यकामा भक्तपुर १४६, ललितपुर २५४ र काठमाडौंमा ७३१ गरी १ हजार ३१ जनामा संक्रमित भेटिएका छन् ।
नेपालमा ४७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङका क्रममा आज देशभर ८९ हजार २१७ जना सक्रिय अहिले शहरी क्षेत्रमा कम र गाउँ गाउँमा बढी संक्रमण फैलिएको मन्त्रालयले आशंका गरेको छ ।