• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

रातिको खानासंग फलफूल खानु कतिको उचित ?


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • यदि तपाईं आफ्नो शरीरको वजन कम गर्न थाल्नु भएको छ भने गुलियो खाने तलतललाई कुनै फलफूलबाट पुरा गर्नु पर्नेछ । फलफूलहरु प्रायः स्वास्थ्यवद्र्धक, रसिलो, पोषणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गुणा उत्कृष्ठ हुन्छ । त्यसो त, सधैं के कुरामा बहस हुन्छ भने राति फलफूल खानु कत्तिको सही हो ?

    Advertisement

    यस्ता छन् केहि मान्यता
    आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन । प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ । यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ । जसका कारण पेट खराब हुने समस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पोषणको फाइदा पनि उठाउन पाउँदैन ।

    यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ । तर, वास्तविकता त्यसको ठिक विपरित हुन्छ । फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ । जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।

    सुत्नु अघि कुन फल खाने

    तपाईंले सुत्नुभन्दा अघि कुन फल खाने भन्ने कुरामा पनि ध्यान दिनु अनिवार्य छ । राति प्लेटभरीको फलफूल खानु हुँदैन । यदि तपाईंलाई गुलियो नै खान मन छ भने फलफूलको एक–दुई टुक्रामात्रै लिनु पर्छ । जसमा चिनीको मात्रा कम तथा फाइबर बढी होस् । जस्तो तरबुजा, नासपाती अथवा किबीजस्ता फलफूल खान सकिन्छ । राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन ।

    सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल सेवनको बीचमा कम्तिमा ३० मिनेटको ग्याप हुनैपर्छ । यदि सम्भव भयो भने फलफूललाई तपाईंले रातिको खाना खानुभन्दा एक घण्टा अघि नै सेवन गर्नसके अझ राम्रो हुन्छ । यसो गर्दा पाचन तन्त्रले दुबै प्रकारका खानालाई राम्ररी पचाउन सक्छ ।

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.