• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

आलम विरुद्ध आज मुद्दा दर्ता, सर्वस्वसहित जन्मकैदकोे माग


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • काठमाडौं । बम बिस्फोटका घाइतेलाई इटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमविरुद्ध आज (सोमबार) जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुँदैछ । प्रहरीले आलममाथिको अनुसन्धान पुरा गरी सरकारी वकिलमार्फत उनीसहित ११ जना सहयोगी विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

    Advertisement

    आलम, उनका भाइ महताब, मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी गरिएको रौतहटका सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए। सोमबार मुद्दा दायर भएसँगै मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ । तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणासहित ३५ जना साक्षी राखेर मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको प्रहरीले जनाएको छ ।

    २७ चैत ०६४ मा निर्वाचनलाई लक्षित गरी रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई आलमले जिउँदै इटाभट्टामा जलाएको आरोप छ। विस्फोटमा घाइते भएका र इँटाभट्टामा जलाइएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्रयाक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा इँटा भट्टामा लगेर जिउँदै जलाइएको बयान दिएका छन्।

    तत्कालिन समयमा प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन, अपराध गराउनसमेत भूमिका खेलेको खुलासा प्रहरीका वहालवाला र पूर्व अधिकारीहरुले नै गरेका छन्।

    यस्तो थियो आलमले गराएको हत्याकाण्ड
    २०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको राजपुर फरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतीय कारिगर सहितले बम बनाँउदा अचानक विस्फोट भएको थियो ।

    सो विस्फोटमा जाहेरीवाला नारायणसिंह राजपुतको छोरा वर्ष २२ को पिन्टु भन्ने त्रिलोक प्रताप सिंह तथा रुक्साना खातुनको छोरा वर्ष २२ का वसी अख्तर र अन्य व्यक्तिहरूको समेत मृत्यु भएको थियो । विस्फोटमा घाइते भएकाहरुलाई आलमको समूहले उपचारको साटो बद्री साहनीले सञ्चालन गर्ने इँटाभट्टामा हालेर जलाएका थिए । घटनामा कति जनाको हत्या गरियो हालसम्म खुलेको छैन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कम्तीमा २० भन्दा बढी व्यक्तिको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

    संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका आलमले चुनाव जित्न र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन बम बनाउँदै गर्दा विस्फोट भएको थियो । विस्फोटनबाट शेख इद्रिसको घरको छानो भत्केको थियो । घटना खुल्ने डरले सोही रात विस्फोटमा भत्किएको घरको छानो र पर्खाल समेत लगाइएको थियो ।

    सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ गते अफताव आलमसहित पाँचजनाविरुद्ध मुद्दा चलाउन आदेश गरेको थियो । यो आदेशपछि अनुसन्धान गर्ने प्रहरी अधिकारी र मुद्दा चलाउने सरकारी वकिलको बदनियत छरपस्ट भएको थियो ।

    मुद्दा चलाउने आदेश गर्दै न्यायाधीश सुशीला कार्कीले लेखेकी थिइन्ः प्रहरीमा उजुरी गर्दा समेत मुद्दा नचल्दा पीडित मौलिक हकबाट वञ्चित हुन्छ ।

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.