• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेकपा (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन भएको छ । ८१ वर्षीय केसीको आज (सोमबार) बिहान नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    Advertisement

    दम रोगबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत भएको थियो । केही दिन अघि भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको उपचारकै क्रममा बिहान ४ बजे निधन भएको राष्ट्रिय जनमोर्चाका बाँकेका उपाध्यक्ष जगदीश ढकालले जानकारी दिनुभयो ।

    नेता केसीको आजै राप्ती नदीमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव तथा पूर्व सांसद हरि आचार्यले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो ।

    कार्यक्रममा नेता आचार्यले कम्युनिष्ट आन्दोलनमा केसीले पुर्याएका योगदानबारे चर्चा गर्नुभएको थियो । चुमानसिंह केसी हरेक आन्दोलनमा अग्रपंक्तिमा उभिने नेता हुनुहुन्थ्यो भन्दै नेता आचार्यले उहाँबाट पार्टी र आन्दोलनको निरन्तरता तथा दृढता सिक्नुपर्ने गुण रहेको बताउनुभयो ।

    ‘चुमानसिंह केसी हरेक आन्दोलनमा अग्रपंक्तिमा खटिनुहुन्थ्यो । उहाँ २०६२/०६३ सालको जनआन्दोलनका घाइतेसमे हुनुहन्थ्यो’ आचार्यले भन्नुभयो, ‘उहाँको जीवनबाट हामीले आन्दोलनमा निरन्तरता, दृढता र इमान्दारिता सिक्नुपर्ने कुरा हुन् । चुमानसिंह कहिल्यै पनि कुनै खालको फुट तथा भड्कावलाई दृढतापूर्वक अस्वीकार गर्ने नेता हुनुहुन्थ्यो ।’

    अन्त्येष्टिका क्रममा आयोजना गरिएको संक्षिप्त शोकसभामा राजमो पूर्वकेन्द्रीय सदस्य वाशुदेव पोखरेल, अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डे, बाँके जिल्ला अध्यक्ष भीमप्रसाद देवकोटा, उपाध्यक्ष जगदीश ढकाल, जिल्ला सदस्य परशुराम लामिछाने, शिक्षक संघका जिल्ला सचिव भूपति ढकाल, अखिल (छैठौं) का जिल्लाअध्यक्ष नवराज चन्दलगायत राजमो नेता कार्यकर्ता, स्थानीय र आफन्तको सहभागिता थियो ।

    प्युठान जिल्लामा जन्मेका नेता केसी प्युठान–१ भाइरेचौरबाट २०३८ सालमा बर्दिया हुँदै हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा बसोबास गर्नुभएको थियो । उहाँ २०३७ सालअघि नै प्युठानमै नेकपा (मसाल) मा आवद्ध हुनुभएको थियो ।

    हाल नेकपा (मसाल) नेपालगञ्ज उपमहानगर समितिका सल्लाहकार रहेका चुमानसिंह (का. मानसिंह) का श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.