• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गणतन्त्र दिवसमा मसालको शुभकामना : प्रतिगामीहरु फेरि सलबलाउन थाले


  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गणतन्त्रको रक्षा र संस्थागत विकासमा जोड दिएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार वक्तव्य प्रकाशित गरी वर्तमान गणतन्त्र जनताको लामो त्याग, सङ्घर्ष तथा विभिन्न जनआन्दोलनको उपलब्धिको रुपमा रहेकोले यसलाई समाप्त पार्नका लागि प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिले लगातार रुपमा प्रयत्न गर्दै आएको बताउनुभएको छ ।

    ओली सरकारको कार्यविधिबाट देशमा राजनीतिक अस्थिरता उत्पन्न भई जनआन्दोलनका उपलब्धिहरू समाप्त हुने खतरा बढेको भन्दै जनताको शक्तिको बलमा नै प्रतिगमनका विरुद्धको संघर्षलाई शक्तिशाली बनाउनुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।

    यस्तो छ वक्तव्य
    गणतन्त्र दिवसको अवसरमा हामीले सामाजिक परिवर्तन, समृद्धि र उज्यालो भविष्यका लागि सङ्घर्षरत नेपाली जनताप्रति शुभकामना व्यक्त गर्दछौँ । यो कुरा स्पष्ट छ कि नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपालमा गणतान्त्रिक युगको शुरुवात भएको थियो । यो जनआन्दोलनको महत्वपूर्ण र ठोस उपलब्धिको रुपमा रहेकोले आज पनि यसको रक्षा र संस्थागत विकासको आवश्यकताका लागि हामीले जोड दिन्छौँ ।

    वर्तमान गणतन्त्र जनताको लामो त्याग, सङ्घर्ष तथा विभिन्न जनआन्दोलनको उपलब्धिको रुपमा रहेकोले यसलाई समाप्त पार्नका लागि प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिले लगातार रुपमा प्रयत्न गर्दै आएका छन् । यस सन्दर्भमा वर्तमान ओली सरकारले अपनाइरहेको कार्यशैली एवम् कार्यविधिबाट गणतन्त्र तथा ऐतिहासिक जनआन्दोलनका उपलब्धिमा सङ्कट पैदा हुँदै गएको छ । ओली सरकारले पटकपटक संसदको विघटन गर्ने कार्य प्रधानमन्त्री ओलीको अधिनायकवादी, अप्रजातान्त्रिक, असम्वैधानिक र प्रतिगामी कार्य भएको कुरा स्पष्ट छ ।

    ओलीको यस प्रकारको कार्यशैली र कार्यविधिबाट गणतन्त्रमाथि लगातार रुपमा आक्रमण गर्दै आएका प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरू उत्साहित बन्न पुगेका छन् । प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरूले गणतन्त्रमाथि नै गम्भीर प्रहार गरिरहेको परिस्थितिमा ओली सरकारको कार्यविधिबाट देशमा राजनीतिक अस्थिरता उत्पन्न भई जनआन्दोलनका उपलब्धिहरू समाप्त हुने खतरा बढेको छ । यस प्रकारको परिस्थितिमा जनताको शक्तिको बलमा प्रतिगमनका विरुद्धको संघर्षलाई शक्तिशाली बनाएर गणतन्त्र तथा आन्दोलनका सबै उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    प्रत्येक आर्थिक वर्षको जेष्ठ १५ गते संसदमा बजेट प्रस्तुत हुनुपर्ने र संसदमा त्यसको छलफल भई पारित हुनुपर्ने नेपालको संविधानमा व्यवस्था गरिएको छ । तर वर्तमान ओली सरकारले त्यसो नगरी अध्यादेशबाट बजेट ल्याउनु गलत छ । त्यो संविधानमा भएको व्यवस्था र प्रजातान्त्रिक पद्धतिका विरुद्ध छ । त्यसले ओली सरकारको असंवैधानिक चरित्रलाई नै बताउँछ । हामीले सरकारको त्यस प्रकारको कार्यशैली र कार्यविधिको पनि विरोध गर्दछौँ ।

    २०७८ जेष्ठ १५ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.