टेकराज भुसाल, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ आम्बोट निवासी राष्ट्रिय जनमोर्चाका ज्येष्ठ सदस्य दुर्गाप्रसाद खनालको निधन भएको छ । ८५ वर्षीय खनालको शुक्रबार बिहान निधन भएको हो ।
खनालको आजै सम्मानका साथ अन्त्येष्टि गरिएको छ । खनालको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक पृथ्वी थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
सो क्रममा थापाले खनालको निधन प्रति गहिरो दुुःख व्यक्त गर्दै आफूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाएको र नेपालको कम्युनिष्ट आन्दोलनले एक अनुभवी सदस्य गुमाएको बताउनुभयो ।
बहगमारे आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रामप्रसाद खनाल, अखिल (छैठौं) नेता टेकराज भुसाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।