खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता शशि गिरीको ३२ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ ।
Advertisement
श्रीगंगानगर नगर समितीद्वारा सञ्चालित रायसिंहनगर एरिया समितीका सदस्य गिरीको मंगलबार (२५ मे) मा निधन भएको हो ।
उहाँ प्युठान जिल्लाको प्युठान नगरपालिका–१ खैराका बासिन्दा हनुहुन्थ्यो ।
बुबा दल्लु गिरी र आमा लिला गिरीका छोर शशिको निधन प्रति मूल प्रवाह श्रीगंगानगर नगर समितीले श्रद्वाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ।

