खुम रायमाझी, कुवेत ।
कुवेत नेपाली एकता समाज लगायत कुवेतमा कार्यरत नेपाली समुदायका पाँच संगठनले संसद विघटनको विरोध गरेका छन् ।
कुवेत नेपाली एकता समाज, नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च, नेपाली समाज र प्रवासी नेपाली मञ्चले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेका कदमको विरोध गरेका हुन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको बलिदानीपूर्ण संघर्षद्वारा निर्माण गरिएका संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘जो राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्र भएको छ भन्ने तथ्य आम नेपाली जनता सुतेको बेला मध्यराति डकैती शैलीमा मन्त्रिपरिषद्को बैठक बसी प्रतिनिधि सभा हत्या गरेको घटनाबाट प्रमाणित भएको छ।’
यस्तो, छ विज्ञप्ति


