काठमाडौं । दक्षिण कोरिया नेपाली एकता समाजले हालै जारी भएको नागरिकतासम्बन्धी अध्यादेशले नेपाल फिजिकरण हुने भन्दै चिन्ता जाहेर गरेको छ । समाजका अध्यक्ष विदुर शर्माले मंगलबार विज्ञप्ति जारी गरी अध्यादेश खारेज गर्न माग गर्नुभएको छ ।
‘नागरिकता सम्बन्धी नीतिलाई त्यसरी खुकुलो बनाउँदा कालान्तरमा नेपालमा नेपाली नै अल्पमतमा पर्ने र देश फिजिकरण हुने खतरा प्रबल रहन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ उक्त राष्ट्रघाती नागरिकतासम्बन्धी अध्यायदेशको हामी घोर बिरोध तथा भर्त्सना गर्दै यसको खारेजीमा जोड दिन्छौं ।’
समाजले अहिले विश्वब्यापी रुपमा फैलिरहेका कोरोना भाइरस नियन्त्रण र स्वास्थ्य सुविधा लगायत न्यूनतम जनसरोकारका विषयमा पर्याप्त ध्यान पुर्याउनु पर्नेमा सरकारले एकपछि अर्को गर्दै राष्ट्र्घाती र असंवैधानिक गतिबिधि गरिरहेको भन्दै आपत्ति जनाएको छ ।
साथै, नेपालका विपक्षी दलहरुले संसद विघटनविरुद्ध सञ्चालन गरिरहेको आन्दोलनप्रति समाजले ऐक्यवद्धता जनाएको ।