काठमाडौं । गएको २४ घण्टामा नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement
१९ हजार ८४६ जनाको पीसीआर पीक्षण गर्दा ७ हजार २२०र ६०७ जनामा एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृतयु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।
आज ७ हजार १३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हिजो ८ हजार ९१४ जनामा संक्रमण पुष्टि हुँदा ८ हजार ६४४ जना संक्रमणमुक्त भएका थिए।