• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सुदूर पश्चिममा ५५ प्रतिशत संक्रमित निको भए


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • सिद्धराज भट्ट, काठमाडौँ । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूर पश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

    Advertisement

    स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमुना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् ।

    सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४२८ जनाको मृत्यु भएको छ । जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेसन र होम आइसोलेसनमा नै बसेर उपचाररत छन् ।

    कोरोना भाइरसजस्तो लक्षण भएका तर नमुना परीक्षण नगराएका पनि होम आइसोलेसनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पिसिआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमुना परीक्षण गर्ने गरिएकामा यस वर्ष पिसिआरका साथै एन्टिजेन विधिबाट समेत नमुना परीक्षण भइरहेको छ । अहिलेसम्म पिसिआरतर्फ एक लाख ७१ हजार ७६३ को नमुना परीक्षण भएकामा ३५ हजार ११९ मा सङ्क्रमण भएको छ ।

    एन्टिजेन परीक्षण पद्धतिबाट हालसम्म ३७ हजार ४६५ को नमुना परीक्षण गरिएकामा पाँच हजार ४५४ जनामा सङ्क्रमण भएको पाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको छ । प्रदेशका कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित छन् ।

    तथ्याङ्क विश्लेषण गर्दा एन्टिजेन पद्धतिबाट गरिएको नमुना परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये तीन दशमलब ५५ प्रतिशत अर्थात् १९४ जनाको मृत्यु भएको छ भने पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये शून्य दशमलब ६६ प्रतिशत अर्थात् २३४ को मृत्यु भएको छ ।

    प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को अहिलेसम्म झन्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २२८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमुना परीक्षण हुन सकेको छ । एन्टिजेन परीक्षण गएको वैशाखदेखि मात्र सुरु गरिएको थियो ।

    प्रदेशभरिका विभिन्न १२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन भइरहेका बिरामीमध्ये पछिल्लो २४ घण्टामा जटिल अवस्थाका ४२ को सघन उपचार कक्षमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    प्रदेशको एक मात्र रेफरल अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीको तथ्याङ्कका अनुसार कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि शनिबारसम्म ८१५ जना अर्थात् झण्डै ८६ प्रतिशत सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

    दोस्रो लहर फैलिएपछि सो अस्पतालमा ९४३ सङ्क्रमित भर्ना भएका छन् । कोरोना फैलिएपछि हालसम्म उपचार व्यवस्थापनका क्रममा १४५ को मृत्यु भएको छ । मृत्यु हुने यो दर झण्डै १५ प्रतिशत हो । अस्पतालमा शनिबार १०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा नौजना भर्ना हुँदा दशजना उपचारपछि घर फर्किएका छन् । सघन उपचार कक्ष (आइसियु) मा १६ जना उपचाररत छन् ।

    सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २८ जना सङ्क्रमित थप उपचारका लागि अन्यत्र सिफारिस गरिएका छन् । गत वर्ष कोरोनाको पहिलो लहर फैलिँदा कतिपय सङ्क्रमितलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने गरिएको थियो । दोस्रो लहरपछि भने धेरै बिरामीलाई काठमाडौँ वा चितवन पु¥याउने गरिएको छ । यस्ता बिरामीको स्वास्थ्यमा सुधार भए÷नभएको तथ्याङ्क भने अस्तालसँग छैन । (रासस)

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.