काठमाडौं । गएको २४ घण्टामा नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ हजार २२६ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।
Advertisement
आज ७ हजार ८९० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
यस्तै, आज १७७ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
नेपालमा हालसम्म ४ लाख ९७ हजार ५२ जना संक्रमित भएकोमा ३ लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।