• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु


  •   बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
  • तमघास । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ ।

    Advertisement

    कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहेभोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिनुभयो ।

    दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो ।

    सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयम् परिवारले उक्त आग्रह मानेनन् ।

    वैशाख १८ गते कालीगण्डकीको वडा नं. ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष जानुभएन । वडाध्यक्ष आफू जानुभएन, परिवारलाई भोजमा पठाउनुभयो ।

    बिहेको चारपाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताउनुहुन्छ ।

    वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उहाँले मान्नुभएन । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराउन जानुभयो । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १० बजेपछि श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो ।

    पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो ।

    केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो । उहाँ १८ गतेको बिहेभोजमा सहभागी हुनुहुन्थ्यो । जेठ १ गते नै साँझपख बिहेभोजमै सहभागी भएकी उहाँलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताउनुभयो ।

    ८१ प्रतिशत गाउँलेमा कोरोना
    कोरोना महामारीमा गरिएको बिहेभोजपछि स्थानीयवासीमा लक्षण देखिन सुरु गरेका वडासदस्य बोमबहादुर बताउनुहुन्छ । स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपका लागि लाइन खन्ने काम जारी थियो । एकातर्फ ठुलो सङ्ख्यामा बिहेभोजमा उपस्थित हुनु र अर्कोतर्फ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोमबहादुरले बताउनुभयो ।

    स्थानीयवासीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन सुरु गरेपछि यही जेठ २ गते ९४ जनाको स्वाब सङ्कलन गरियो ।

    जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ अर्थात् ८१ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ३१ पुरुष र ४३ महिला छन् । दुई वर्षको बच्चादेखि ७१ वर्षका नागरिकसम्मलाई कोरोना सङक्रमण भएको थापाले बताउनुभयो । गाउँलेलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिक बढी आत्तिए पनि गाउँपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गर्नुभयो । (रासस)

    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.