• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सांसद खरिदबिक्रीको प्रवृत्ति केन्द्रबाट प्रदेशतिर फैलिन थाल्यो : केसी


  •   मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरावाद ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान सरकार संविधान च्यातचुत पार्न र सांसद खरिद बिक्री गर्न केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले देश ‘रअ’ को डिजाइन अनुसार चलिरहेको दाबी गर्दै ओली सरकार एक पछि अर्को प्रतिगामी कदम चालिरहेको बताउनुभयो ।

    ‘देश भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइन अनुसार चलिरहेको छ । ओली सरकार प्रतिगामी र स्वेच्छाचारी गतिविधि अगाडि बढाइरहेको छ’ केसीले भन्नुभयो, ‘केन्द्रमा सांसद खरिदबिक्री गर्न र संविधान च्यातचुत पार्न ओलीले गरेका क्रियाकलाप अहिले प्रदेशतिर सरेका छन् ।’

    उहाँले जनताको ठूलो आन्दोलन र बलिदानले प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता नै धरापमा पर्ने अवस्था आएको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्न प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीले गरेको निर्णय गण्डकी प्रदेशका सांसदले उल्लंघन गरिदिँदा पार्टीलाई ठूलो धक्का पुगेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘ओलीको प्रतिगामी कदम रोक्न पार्टीले गरेको निर्णय गण्डकीमा हाम्रै सांसदले उल्लंघन गरे । यसले गर्दा पार्टीको प्रतिष्ठामै धक्का लागेको छ ।’

    उहाँले संगठन बिरोधी तत्वहरु अहिले सल्बलाउन थालेको र भारतमा पनि लाखौं नेपालीहरुको आस्थाको केन्द्र एकता समाजलाई पनि धमिल्याउन प्रयास गरिरहेको बताउनुभयो । तर एकता समाजका सचेत कार्यकर्ताले त्यस्ता तत्वलाई सफल हुन नदिने उहाँको विश्वास थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पार्टीको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीतिको बारेमा स्पष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव प्रेम पौडेल र क्षेत्रीय सदस्य के रतन सिंह विश्वकर्माले पनि आफ्ना धारणा राख्नु भएको थियो ।

    क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता, सचिव खिमबहादुर विकको सन्चालन र उपाध्यक्ष रुपलाल जिएमको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.