काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
आज १४५ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ६४८ जना कोरोना मुक्त भएका छन्। हिजो ५ हजार ४८८ जना कोरोना मुक्त भएका थिए । दैनिक संक्रमण पुष्टि हुने क्रम केही कम भएको छ भने संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ ।
मन्त्रालयका अनुसार आजसम्म ३ लाख ३९ हजार ७५६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज देशभर १ लाख १० हजार ३६३ जना सक्रिय संक्रमित देखिएका छन् ।