मकवानपुर । आगो सरी पोल्ने एसिड अनुहारमा फालेर कुरुप बनाइदिने आक्रमणकारी आफ्नै अगाडि उभिँदा पीडितको मनमा कस्तो हुन्छ होला ? जसले सुन्दर अनुहारलाई कुरुप मात्रै बनाइदिएन, असिमित पीडा दियो, लाखौँ रुपैयाँ खर्च गराइदियो र त्यही कारण वर्षौँसम्म तनाव झेल्नुपर्ने अवस्थामा पुर्याइदियो ।
शुक्रबार हेटौँडामा प्रहरीले ६ वर्ष अघिको एसिड आक्रमणका एक आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । पिडककै सामुन्नेमा थिइन् पीडित युवती पनि । जब पत्रकारले पीडितलाई केही प्रश्न सोधे, सुरुमा उनी बोल्नै सकिनन् । पछि पिडकलाई जन्मकैद वा फाँसिको सजाय दिनुपर्ने भन्दै उनी पिडकमाथि जाइलागिन् । उनलाई छुट्याउन प्रहरी र नजिकै रहेका उनका आफन्तलाई समेत मुस्किल परिरहेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
मकवानपुरकी ति २० वर्षीया युवतीलाई २०७० बैशाख ९ गते एसिड प्रहार गर्ने भारतीय युवकलाई प्रहरीले पक्राउ हो । भारत माहाराजगंज अमरपुर्वनका ४३ वर्षीय राज केशरी भन्ने दिलिप राज केशरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।
प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
